नियम ७६
दैनिक मुद्दा पेसी सूची
(१) साप्ताहिक पेसी सूचीमा परेका मुद्दामध्येबाट प्रधान न्यायाधीशले तोके बमोजिम इजलास गठन गरी दैनिक मुद्दा पेसी सूची तयार गरी सम्बन्धित अधिकारीले अदालतको र सम्बन्धित इजलासको सूचनापाटीमा टाँस्न लगाई त्यसको एकप्रति सम्बन्धित न्यायाधीशलाई दिनु पर्नेछ ।
(२) कुनै मुद्दा इजलासले हेर्दा हेर्दै बाँकी रहेमा अर्को कुनै दिनमा पेसी तोकी सोही इजलासले हेर्ने गरी पेस गरिनेछ ।
(३) कुनै कारणले उपनियम (२) बमोजिमको इजलास गठन हुन नसकेमा हेर्दा हेर्दै रहेको त्यस्तो मुद्दा अर्को इजलास गठन गरी तोक्न सकिनेछ ।
(४) प्रधान न्यायाधीशले आवश्यक सम्झेमा हप्ताको कुनै खास दिन खास किसिमका मुद्दाहरू हेर्ने गरी तोक्न सक्नेछ । त्यसरी दिन तोकिएकोमा सोही अनुसार मुद्दाको दैनिक पेसी सूची तयार गरिनेछ ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि इजलास समक्ष मुद्दा पेस हुँदा देहायको क्रममा पेस गरिनेछः-
(क) तामेली, मिलापत्र, पुनरावेदन वा निवेदन फिर्ता, बयान, बकपत्र, फैसला वा आदेश संशोधन, मुद्दाको कार्यविधिमा उत्पन्न कठिनाइका कारण इजलास समक्ष पेस गर्नु पर्ने (साधसोध) मुद्दा, विपक्षी हटाई पाउँ र सुनुवाइमा सरिक हुन पाउँ भन्ने विषयका निवेदन, सजाय माफी पाउँ भन्ने निवेदन, साधक, निर्णय सुनाउन पेसी तोकिएको मुद्दा, वारिस राख्न अनुमति पाउँ भन्ने निवेदन, तामेलीबाट जगाई पाउँ भन्ने निवेदन,
(ख) बन्दीप्रत्यक्षीकरण,
(ग) हेर्दा हेर्दैको मुद्दा,
(घ) अ.वं. १७ नं. अन्तर्गत दायर भएका थुनुवाका निवेदन,
(ङ) अन्तरिम आदेश सम्बन्धी निवेदन,
(च) अन्तरकालीन आदेश सम्बन्धी निवेदन,
(छ) अन्तरिम आदेश र अन्तरकालीन आदेश खारेज गरिपाउँ भन्ने निवेदन,
(ज) अ.वं. १७ नं. अन्तर्गत दायर भएका अन्य निवेदन,
(झ) कोर्ट फीको सुविधा पाउँ भन्ने निवेदन,
(ञ) मुख्य रजिस्ट्रार वा रजिस्ट्रारको आदेश उपरका निवेदन,
(ट) मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन,
(ठ) इजलासबाट सुनुवाइको मिति तोकिएको मुद्दा,
(ड) विदेशी पुनरावेदक वा अभियुक्त थुना वा कैदमा रहेको मुद्दा,
(ढ) खण्ड (ठ) बाहेकका पुनरावेदक वा अभियुक्त थुना वा कैदमा रहेको मुद्दा,
(ण) बालबालिका पक्ष विपक्ष भएको मुद्दा,
(त) पचहत्तर वर्ष नाघेका वृद्घ तारिखमा रहेका मुद्दा,
(थ) शारीरिक अशक्तता भएको व्यक्ति तारिखमा रहेका मुद्दा,
(द) महिला वादी, पुनरावेदक वा प्रत्यर्थी भएका माना चामल, सम्बन्ध विच्छेद, न्वारान गराई पाउँ, नाता कायम गराई पाउँ, अंश वा घरेलु हिंसा मुद्दा,
(ध) विधवा महिला वादी वा पुनरावेदक भएको मुद्दा,
(न) उच्च अदालतबाट फैसला कार्यान्वयनको सिलसिलामा दिइएको अन्तिम तथा अन्तर्कालीन आदेश उपर पर्न आएको रिट निवेदन,
(प) उच्च अदालतबाट मुद्दाको कारबाहीको सिलसिलामा दिइएको अन्तर्कालीन आदेश उपर पर्न आएको रिट निवेदन,
(फ) मध्यस्थता सम्बन्धी रिट निवेदन,
(ब) अन्तरिम आदेश जारी भएका मुद्दा,
(भ) मुद्दाको प्रकृतिबाट चाँडो किनारा हुन आवश्यक छ भनी प्रधान न्यायाधीश वा मुद्दा हेर्ने इजलासले अग्राधिकार दिई हेर्न आदेश भएका मुद्दा,
(म) रिट निवेदन
(य) अंश मुद्दा,
(र) विदेशी नागरिक पक्ष वा विपक्ष रहेको मुद्दा,
(ल) मुद्दा दर्ता मितिको पुरानो क्रम अनुसार ।
(६) उपनियम (५) को खण्ड (क) देखि (ठ) सम्मका मुद्दा साप्ताहिक पेसी सूचीमा नचढेको भए पनि दैनिक पेसी सूचीमा चढाई सुनुवाइ गरिनेछ ।
(७) उपनियम (५) को खण्ड (ल) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ७४ को उपनियम (२) बमोजिम एक साथ पेस हुने गरी पेसीको तारिख तोकिएका मुद्दाहरु एकैसाथ रहने गरी पेसी सूची तयार गर्न सकिनेछ ।
(८) कुनै दिन एउटै इजलासलाई एकभन्दा बढी पेसी सूची तोकिएकोमा उपनियम (५) मा उल्लिखित अघिल्लो क्रमको मुद्दा जुन पेसी सूचीमा पहिला छ सोही पेसी सूचीका मुद्दाहरू पहिला सुनुवाइ गरिनेछ ।
(९) उपनियम (५) को खण्ड (ठ) बमोजिम इजलासबाट सुनुवाइको मिति तोकिएको मुद्दा तोकिएको दिन सुनुवाइ हुन नसकेमा खण्ड (भ) बमोजिमको प्राथमिकतामा पेस हुनेछ ।
(१०) उपनियम (८) बमोजिम एउटा पेसी सूचीका सबै मुद्दाको सुनुवाइ भई सकेपछि सोही क्रमले अन्य पेसी सूचीका मुद्दा सुनुवाइ गरिनेछ ।
(११) दैनिक पेसी सूचीमा चढेका मुद्दा हेर्ने काम कुनै इजलासबाट दिनको एक बजे अगावै सम्पन्न भएमा बाँकी समयमा हेर्ने गरी पुनरावेदन नपरेका साधक, तारिख गुजारेका निवेदन, पक्ष तारिखमा नरहेको र कानून व्यवसायी नियुक्त नभएको मुद्दा वा पुनरावलोकनको निवेदनलाई सोही दिनको पूरक पेसी सूचीमा निकाल्न सकिनेछ ।